माउन्टेन इनर्जीको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
माउन्टेन इनर्जीको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
AdvertisementAds

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछन। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स