माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता साधारण सेयर निष्काशन गरेको हो। उक्त आईपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले सम्हालेको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया