बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ६० अर्ब उठाउँदै



बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले यो रकम ६३ दिनका लागि तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत झिक्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्ने अभ्यास गर्दै आएको छ। सोही क्रमअनुसार, आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रियामा सहभागी हुन सकिने जनाएको छ।


Advertisement

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको आवेदन दिन सक्नेछन्। अधिकतम रकम भने ५ करोडको गुणनफलमा भाग जाने गरी कुल आह्वान रकमसम्मको लागि सीमित गरिएको छ।

यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी मिति भदौ १८ गते तोकिएको छ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर