बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ४० अर्ब उठाउँदै



Advertisement
Ads

बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा संकलन गरिरहेको छ। यही क्रममा, राष्ट्र बैंकले आज (जेठ २१) फेरि ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको हो। अधिक तरलता व्यवस्थापनका लागि दिउँसो ३ बजे निक्षेप संकलनको बोलकबोल हुने जनाएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यो २१ दिने निक्षेप असार ११ गते साँवा तथा ब्याजसहित फिर्ता गरिनेछ। बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।


Advertisement

हाल कर्जाको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता बढी रहेको र बैंकहरू लगभग ३ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएको अवस्था छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर