राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको भन्दै आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। यसका लागि बोलकबोल आइतबार दिउँसो ३ बजे सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, जसरी कुल आह्वान रकम पूरा हुन्छ। बोलकबोल निक्षेप संकलनको ब्याजदरमा गर्नुपर्नेछ भने, आवश्यकता अनुसार बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने व्यवस्था गरिएको छ।
यस बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्था ‘क’, ‘ख’ र ‘ग’ वर्गका मात्र हुन पाउने छन्। बोलकबोलको साँवा र ब्याज भुक्तानी वैशाख ६ गते गरिनेछ।
















प्रतिकृया