राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य सांसद अशोककुमार चौधरीले मोबाइल बैंकिङ र डिजिटल वालेट सेवाको सुरक्षा प्रणाली कमजोर हुँदा नागरिकको बैंक खाताबाट पैसा चोरी हुने घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले मोबाइल बैंकिङ र डिजिटल वालेटले नागरिकको जीवन सहज बनाएको भए पनि सुरक्षा कमजोरीका कारण ह्याकरको आतंक तीव्र बन्दै गएको बताएका छन् ।
“आज नेपाली नागरिकको दैनिक जीवन मोबाइल बैंकिङ र डिजिटल वालेटमा आधारित हुँदै गएको छ तर दुखद कुरा प्रविधिको विस्तार संगै बैंकिङ सुरक्षाको कमजोरी कारण ह्याकरहरुको आतंक तिव्र रुपमा बढिरहेको छ नागरिकको दुख गरेर कमाएको रकम केहि मिनेटमै गायब हुने अवस्था सिर्जना भएको छ ,” उनले भने ।
क्षेत्र भ्रमणका क्रममा सुनिएका विभिन्न घटनाको उदाहरण दिँदै उनले ह्याकरले इटहरी निवासी राजेन्द्र घिमिरेको नबिल बैंक खाताबाट ह्याकरले ५ लाख रुपैयाँ अर्को खातामा ट्रान्सफर गरेर चोरी गरेको बताए । त्यस्तै, इटहरीकै बसन्त लिम्बुको माछापुच्छ्रे बैंक खाताबाट ५ लाख रुपैयाँ तथा मोरङ निवासी केन्द्रबहादुर खनालको सानिमा बैंक खाताबाट दुई पटक गरेर ६ लाख रुपैयाँ चोरी भएको घटनासमेत रहेको उनले उल्लेख गरे ।
उनले यस्ता घटना देशभर भइरहे पनि पीडित नागरिक उजुरी गर्न जाँदा समेत निराशाजनक जवाफ सुन्न बाध्य भइरहेको बताए।

















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)


प्रतिकृया