मिथिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ नाघ्यो

मिथिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ नाघ्यो

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बढेर ८ करोड ४२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढेको हो।

चौथो त्रैमाससम्ममा मिथिला लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ४०.३६ प्रतिशतले बढेर २६ करोड ४० लाख रुपैयाँमा पुगेको छ। यता, सम्भावित कर्जा नोक्सानीको प्रोभिजन (Provision for Possible Losses) बढेर ३ करोड २२ लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात २.५६ प्रतिशतबिन्दुले बढेर ४.६९ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ सापटी र १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा बढेर ३७ रुपैयाँ ५८ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

MLBBL 1 https://bajarkochirfar.com/mithila-laghubittas-profit-surges-earnings-per-share-exceeds-rs-37 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स