लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ६ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको छ। सभा धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे सुरु हुनेछ।सभामा बैंकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने, र गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने एजेन्डा पनि रहेका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया