नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ ।
आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ ।
बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन शून्य दशमलव ३५, जलविद्युत् शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)


प्रतिकृया