फेसबुकको मातृ कम्पनी मेटा नेपालमा दर्ता प्रक्रियाका लागि औपचारिक पहल नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई उद्धृत गर्दै सरकारी पत्रिका गोरखापत्रले उल्लेख गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार दर्ताका लागि आवश्यक कागजात तथा जानकारी मन्त्रालयको वेबसाइटमै उपलब्ध भए पनि मेटाले हालसम्म औपचारिक सम्पर्क नगरेको हो।
साथै, नेपालमा दर्ता नभएका अन्य सामाजिक सञ्जाल कम्पनीहरूले समेत हालसम्म औपचारिक पहल नगरेको मन्त्रालयले जनाएको छ।



















प्रतिकृया