भ्रामक विज्ञापन गरे कन्सल्टेन्सीको लाइसेन्स रद्द गर्ने शिक्षा मन्त्रालयको चेतावनी 

भ्रामक विज्ञापन गरे कन्सल्टेन्सीको लाइसेन्स रद्द गर्ने शिक्षा मन्त्रालयको चेतावनी 
Advertisement Ads

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदाता संस्थाहरूलाई (कन्सल्टेन्सी) भ्रामक विज्ञापन नगर्न कडा चेतावनी दिएको छ। मन्त्रालयले पुस ८ गते एक सूचना जारी गर्दै कन्सल्टेन्सीहरूले निर्देशिका को दफा (७) अनुसार आफ्नो सेवासम्बन्धी विज्ञापन गर्दा समाजमा भ्रम, विकृति वा गलत सन्देश फैलाउने काम नगर्न निर्देशन दिएको छ।

पछिल्लो समय नेपालमा कन्सल्टेन्सीहरुले विज्ञापन गर्दा “नेपालमा केही गर्न सकिँदैन” भन्ने सन्देश प्रवाह गरिरहेका छन् । यस्ता विज्ञापनले समाजमा नकारात्मक प्रभाव पार्ने हुँदा यी गतिविधि दोहोरिएमा ती कन्सल्टेन्सीहरूको स्वीकृति (लाइसेन्स) खारेज गर्ने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ। 

कन्सल्टेन्सीहरूले विद्यार्थीलाई विदेश जाने बारेमा सही मार्गदर्शन गर्नुपर्ने जिम्मेवारी हुन्छ। तर, पछिल्लो समय प्रतिस्पर्धा बढी हुँदा विज्ञापनका माध्यमबाट उनीहरू डर र भ्रम बेचेर व्यापार गरिरहेका छन्।
Screenshot 2024 12 28 191158 https://bajarkochirfar.com/ministry-of-education-warning-to-revoke-license-of-consultancy-for-misleading-advertisement | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स