घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले दिए राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको लाखौं रुपैयाँको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मंगलबार बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई राजीनामाका लागि दबाब बढेको थियो।

नेकपा एमालेका सांसद समेत रहेका गुप्ताको अडियो पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ र गण्डकी प्रदेशका नेता सुजन लामाले सार्वजनिक गरेका थिए। सरकारले अडियोको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षण पनि गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स