ललितपुर र काठमाडौँको यातायात कार्यालयबाट बिचौलियाहरु पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १७ गते
ललितपुर र काठमाडौँको यातायात कार्यालयबाट बिचौलियाहरु पक्राउ

ललितपुर र काठमाडौँमा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध सिर्जना गर्ने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरीले ‘स्विप अप्रेसन’ अन्तर्गत एकान्तकुनाबाट १५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूले कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्दै आएको पाइएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी काठमाडौँ महानगरपालिका–१५, सानो भ¥याङस्थित यातायात कार्यालयबाट आज सात जना बिचौलिया पक्राउ परेका छन्। उनीहरू सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्दै आएको अभियोगमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई, काठमाडौँका सञ्जय राजवाहक र विमल तामाङ, रामेछापका रमेश कार्की, धादिङकी कल्पना लम्साल र नुवाकोटका उद्धव खनाल रहेका छन्।

प्रहरीले उनीहरूबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक बरामद गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स