मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३ गते
मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेड र मेरो किसान लिमिटेड बीच चैत्र २ गते सोमबार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादीमा सर्वसाधारणमा सेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बिँउ देखि उत्पादीत कृषि उपजहरु उपभोक्ताको स्थानसम्म आपूर्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजनाका साथ स्थापना भएको कम्पनी मेरो किसान लिमिटेडमा विभिन्न क्षेत्रमा विशिष्टीकृत व्यक्तिहरुको संग्लगतामा रहेका छ । मेरो किसान लिमिटेडले किसानसँग प्रत्यक्ष सहकार्य गरी कृषि बिउ बिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजीटल प्लेटफर्म मार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दे आईरहेको छ ।

सेयर निष्काशन गर्ने कम्पनी र सेयर निष्काशनको लागि नियुक्त बिक्री प्रबन्धक दुबै पक्षको यस सहकार्यले कम्पनीलाई पूँजी बजार मार्फत सर्वसाधारणसँग जोडदै कृषि प्रधान देश भनिदै आएको नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दुध डेरीको सञ्चालन गर्ने उद्देश्यले कम्पनीले करीब ३.५ बिगा जग्गा खरिद गरी उक्त कार्यको लागि संरचना निर्माणको कार्य अन्तिम चरणमा रहेको र यस आ.व भित्र कृषि प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने र अर्को आ.व.को पहिलो त्रैमास सम्ममा दुध डेरीको सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

उक्त कार्यक्रममा मेरो किसान लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्री विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक श्री अविनाश सिलवाल, सञ्चालक श्री सुनिल थापा, सञ्चालक श्री सन्तोष बस्तेत र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक श्री आशिष गौचन, प्रमुख व्यापार अधिकृत श्री बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख श्री सुदिप हरी ढुंगानाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स