मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने योजना बनाएको हो।
आईपीओ निष्काशनका लागि संस्थागत परामर्शदाता तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ। यस सम्बन्धमा बुधबार आयोजित कार्यक्रममा मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार भण्डारी र मेची इन्डष्ट्रिजका
अध्यक्ष पवन घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। धितोपत्र बोर्डबाट इजाजत प्राप्त यस संस्थाले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, प्रत्याभूति, हितग्राही खाता सञ्चालन तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आएको छ।
झापाको दमक–ताराबारीमा अवस्थित मेची इन्डष्ट्रिजले बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गर्दै आएको छ।
















प्रतिकृया