प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई गेटमै रोक्न मेयर बालेनले खटाए नगर प्रहरी, कर्मचारीहरूको भने काममा फर्काउनपर्ने माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई गेटमै रोक्न मेयर बालेनले खटाए नगर प्रहरी, कर्मचारीहरूको भने काममा फर्काउनपर्ने माग

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पुनः हाजिर गराउने तयारी भइरहँदा मेयर बालेन्द्र साह (बालेन) ले उनलाई रोक्न महानगर प्रहरी परिचालन गरेका छन्। गुरागाईं बिहीबार महानगरपालिकाका कार्यालय फर्कन लाग्दा नगर प्रहरीले गेटमै रोक्ने प्रयास गरेपछि महानगर तनावग्रस्त बनेको छ।

यसअघि, काठमाडौं टावरको नक्सा पास प्रक्रियामा अनियमितता गरेको आरोपमा मेयर साहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए। महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिनसमेत भएको थियो। तर, कुनै ठोस प्रमाण नदेखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई पुनः जिम्मेवारी सम्हाल्न निर्देशन दिएको थियो।

महानगरका कर्मचारीहरूले सरकारको निर्णयअनुसार गुरागाईंलाई पुनः हाजिर गराएर काममा फर्काउनु पर्ने माग गरेका छन्। उनीहरूले पाँच महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएको भन्दै आन्दोलन गरिरहेका छन्। विवाद चर्किंदै जाँदा महानगर प्रहरी र कर्मचारीहरू आमनेसामने भएका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स