हकप्रद प्रस्ताव पारित गर्न मनकामना इन्जिनियरिङ हाइड्रोपावरले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
हकप्रद प्रस्ताव पारित गर्न मनकामना इन्जिनियरिङ हाइड्रोपावरले बोलायो साधारणसभा
AdvertisementAds

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको माघ २९ गतेको बैठकले फागुन १७ गतेका लागि सभा डाक्ने निर्णय गरेको हो। सभा नयाँ बानेश्वरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीको हकप्रद सेयर निष्काशनको पूर्व स्वीकृति अनुमोदन गर्ने साथै सञ्चालक समितिलाई हकप्रद निष्काशनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र वा नियमावलीमा कुनै संशोधन निर्देशन आएमा त्यस अनुसार कार्य गर्न अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स