भ्रष्टाचारको मुद्दा परेपछि माधव नेपाल भन्छन्, “केपी ओलीले मेरो राजनीतिक करिअर सिध्याउने भए”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
भ्रष्टाचारको मुद्दा परेपछि माधव नेपाल भन्छन्, “केपी ओलीले मेरो राजनीतिक करिअर सिध्याउने भए”
AdvertisementAds

अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भइरहेको प्रतिक्रिया दिएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक करिअर समाप्त पार्ने नियतका साथ केपी ओलीले पटक–पटक प्रयास गर्दै आएको आरोप लगाए।

मुद्दाको पृष्ठभूमिमा भारतको पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोकमा जडीबुटी खेती, आयुर्वेद शिक्षालय तथा अस्पताल सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो। कम्पनीले हदबन्दीमा छुटको व्यवस्था अनुसार जग्गा किन्ने अनुमति मागेको थियो। त्यसपछि १८ माघ २०६६ मा तत्कालीन सरकार (नेपाल नेतृत्वमा रहेको मन्त्रिपरिषद्) ले काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो। सोअनुसार करिब ६ सय रोपनी जग्गा खरिद गरिएको थियो।

तर केही समयमै पतञ्जलिले तीमध्ये केही जग्गा बिक्रीको निर्णय गर्‍यो। कानुन अनुसार हदबन्दी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न मिल्दैन, र कम्पनी विघटन भएमा ती जग्गा स्वतः सरकारीकरण हुने व्यवस्था छ। तर त्यतिबेला मन्त्रिपरिषद्को निर्णयले जग्गा बिक्रीको अनुमति दिएको पाइएपछि अख्तियारले भ्रष्टाचारको आशंकामा अनुसन्धान अघि बढाएको हो। यही मुद्दामा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित अन्य जिम्मेवारहरूविरुद्ध मुद्दा दायर गरेको हो।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स