SHAREHUBSHAREHUB

माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि २० करोड रुपैयाँ बराबरको माछापुच्छ्रे एसआइपी योजना निष्काशन गर्ने, सर्वसाधारणलाई कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १ गते
AdvertisementAds
माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि २० करोड रुपैयाँ बराबरको माछापुच्छ्रे एसआइपी योजना निष्काशन गर्ने, सर्वसाधारणलाई कति ?
AdvertisementAds

माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने तयारी गरेको छ।

क्यापिटलले यस योजनाका लागि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउनेछ। योजना एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।

योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। यसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

इकाईमा आवेदन दिन मंसिर १७ गतेसम्म समय रहेको छ। यदि उक्त समयमा सबै इकाई बिक्री नभएमा आवेदन मंसिर २८ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।

AdvertisementAds

म्युचुअल फण्ड निष्काशनको रेटिङ्गमा, क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयरएनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स