माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट निष्काशन तथा बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रेशनकोको अनुमति पाएको छ। चैत्र ११ गते सोमबार क्यापिटलले उक्त अनुमति पाएको हो। माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो।
सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै, कम्पनीले सेयर रजिष्ट्रारको रुपमा शेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।




















प्रतिकृया