शिवाकोटी प्रतिवेदन: नयाँ स्टक एक्सचेन्जले सूचक ५० प्रतिशत सम्म बढाउन सक्छ

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २७ गते
शिवाकोटी प्रतिवेदन: नयाँ स्टक एक्सचेन्जले सूचक ५० प्रतिशत सम्म बढाउन सक्छ
AdvertisementAds

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले तयार पारेको ‘नयाँ स्टक एक्सचेन्ज सम्बन्धी प्रतिवेदन, २०८१’ अन्ततः सार्वजनिक भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार उक्त प्रतिवेदन आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सेबोनको सञ्चालक समिति बैठकले विगत बिहीबार नै गरेको थियो। शिवाकोटी नेतृत्वको समितिले नेपालको पूँजी बजारमा प्रतिस्पर्धा बढाउन निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिनुपर्ने, हालको नेप्से स्टक एक्सचेन्जको पुनःसंरचना गर्नुपर्ने, र साथमा नेपाल धितोपत्र बोर्डको पनि सुधार आवश्यक रहेको सिफारिस गरेको छ। प्रतिवेदनमा नयाँ एक्सचेन्ज सञ्चालनमा आएमा बजारका सूचकहरूमा न्यूनतम ३० देखि ५० प्रतिशतसम्म बढ्न सक्ने उल्लेख छ ।

‘छिमेकी देश लगायत अन्तर्राष्ट्रिय धितोपत्र बजारहरूमा स्टक एक्सचेन्जको आधुनिकीकरण तथा कर्पोरेटाइजेशन, रणनीतिक साझेदारी तथा नयाँ प्रतिस्पर्धी बजारको स्थापना लगायतका सुधारबाट बजारको आकार, कारोबार लगायतका सूचकाङ्कहरूमा सत प्रतिशतसम्म वृद्धि भएको तथ्यलाई मध्यनजर गर्दा नेपालको धितोपत्र बजारमा प्रतिस्पर्धी नयाँ स्टक एक्स्चेन्जको स्थापना पछि हरेक सूचकहरूमा कम्तिमा ३० देखि ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गर्न सकिन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स