चट्याङको कारण सिंहदरबार डेटा सेन्टरमा समस्या, अधिकांश सरकारी वेबसाइट बन्द



Advertisement
Ads

बिहीबार राति सिंहदरबारस्थित एकीकृत डेटा केन्द्र (Government Integrated Data Center – GIDC) मा परेको चट्याङले विद्युत आपूर्तिमा समस्या भएपछि अधिकांश सरकारी वेबसाइट डाउन भएका छन्। विद्युत अवरोधका कारण अर्थ, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित विभिन्न मन्त्रालय र मातहत निकायका वेबसाइट सञ्चालनमा आउन सकेका छैनन्।

भन्सार विभाग, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका प्रमुख सरकारी संस्थाहरू पनि प्रभावित भएको छ। चट्याङका कारण जीआईडीसीमा क्षति पुगेपछि जेनेरेटरमार्फत सेवा सञ्चालन प्रयास गरिएको थियो। तर, केही विद्युतीय उपकरणहरू फेरबदल गर्नुपर्ने अवस्था आएकाले शुक्रबार बिहानदेखि वेबसाइटहरूमा समस्या देखिएको हो।


Advertisement

एकीकृत डेटा व्यवस्थापन केन्द्रका अनुसार विद्युत प्रणाली अन्तर्गतको लो भोल्टेज (एलभी) प्यानलमा रहेको अटोमेटिक ट्रान्सफर स्वीच (एटीएस) मा समस्या देखिएको छ। जसका कारण शुक्रबार बिहान ८ बजेदेखि करिब दुई घण्टा सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो। यद्यपि समस्या अझै पूर्णरूपमा समाधान भइसकेको छैन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर