भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा नयाँ नियम लागू गरेको छ। मालपोत ऐन, २०३४ को दफा २६ क बमोजिम महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा अब इजाजतपत्र प्राप्त कम्पनी वा संस्थाको अनिवार्य संलग्नता हुनुपर्नेछ।
यो व्यवस्था २०८३ वैशाख आज ८ गतेदेखि लागू हुनेछ। प्राकृतिक वा कानुनी व्यक्तिहरू बीच हुने यस्तो ठूलो कारोबारका लागि सरकारबाट अनुमति पाएका कम्पनीहरूको सूची विभागको वेबसाइटमा उपलब्ध गराइएको छ। यसअघि २०८२ असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गरी यो व्यवस्थाबारे जानकारी दिइएको थियो।


प्रतिकृया