यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
प्रिन्टिङ प्रणालीमा आएको समस्याका कारण यो सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ। आइतबार एक सूचना जारी गर्दै विभागले अत्यावश्यक लाइसेन्स छपाइ सेवा बन्द गरिएको जानकारी गराएको हो।
विभागका अनुसार, अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिकहरू, शान्ति सेना मिसनमा सहभागी नेपाली सेना तथा प्रहरी, साथै गैरआवासीय नेपालीहरूका लागि लाइसेन्स छपाइ हुँदै आएको थियो।
तर, हाल देखिएको प्राविधिक समस्याका कारण यो सेवा हाललाई बन्द गरिएको विभागको सूचनामा उल्लेख गरिएको छ।


प्रतिकृया