लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति पनि सम्पन्न भएको छ।
बैंकले आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप संकलन गरेको छ भने रु २८७ अर्ब कर्जा वितरण गरेको छ। सोही अवधिमा बैंकको कुल वासलातको आकार रु ४४३ अर्ब पुगेको छ। बैंकले उक्त आर्थिक वर्षमा रु ४ अर्ब ६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया