कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।
यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
सेयरको बिक्री मूल्य बिक्रेताले निर्धारण गरेअनुसार हुनेछ।
निर्धारित समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा भने संस्थापक बाहिरका लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।





















प्रतिकृया