एसवाई प्यानलमा ‘कोरियन कमान्ड’, अध्यक्षसहित ३ विदेशी सञ्चालक

एसवाई प्यानलमा ‘कोरियन कमान्ड’, अध्यक्षसहित ३ विदेशी सञ्चालक

एसवाई प्यानल नेपाल लिमिटेडले गत पुस ३० गतेको वार्षिक साधारण सभाबाट सात सदस्यीय सञ्चालक समिति गठन गरेको छ। समितिमा अध्यक्षसहित तीन जना विदेशी सदस्य रहेका छन्। संस्थापक सेयरधनीबाट ४ जना र सर्वसाधारण सेयरधनीबाट २ जनालाई चार वर्षे कार्यकालका लागि सञ्चालक सदस्य पदमा सर्वसम्मत चयन गरिएको छ।

समितिमा अध्यक्ष होङ योङदोन, प्रबन्ध सञ्चालक चोई दोङ इल, कार्यकारी सञ्चालक ली ह्वाछुन र महेश्वर कर्माचार्य, सञ्चालक सीताराम थपलिया र राधा पौडेल, तथा स्वतन्त्र सञ्चालक नवराज पन्त रहेका छन्। माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले सदस्यहरूको कार्य बाँडफाँट गरेको छ।

साथै, कम्पनीको प्रबन्ध सञ्चालक चोई दोङ इल हाल आफ्नै देश कोरिया जाने भएका कारण छुट्टीको अवधिभर उनको कामकारबाही भने महेश्वर कर्माचार्यलाई सुम्पिएको कम्पनीले जनाएको छ।

618157467 2439673619822127 1857668881901971228 n https://bajarkochirfar.com/korean-command-on-sy-panel-3-foreign-directors-including-chairman | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स