नेपालमा प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनले पानी उद्योगमा प्रवेश गरेको छ। ब्रिज हिमालयन स्प्रिङ वाटर प्रालिमार्फत ‘पूर्ण वाटर’ ब्रान्डको प्रशोधित पिउने पानी उत्पादन सुरु गरिएको हो। १८ करोड रुपैयाँ लगानीमा स्थापित यो उद्योग काठमाडौंको चन्द्रागिरिमा स्थित ३७,९६५ वर्गफिट क्षेत्रमा फैलिएको छ र हाल दैनिक १० हजार लिटर पानी उत्पादन भइरहेको छ।
उद्योगले एक लिटर, आधा लिटर, २५० मिलिलिटर बोतल तथा २० लिटर जारमा पानी उत्पादन गर्दै आएको छ। पूर्ण वाटरले सात चरणीय शुद्धीकरण प्रक्रियाबाट पानी प्रशोधन गर्दै आवश्यक प्राकृतिक खनिज सुरक्षित राख्दै गुणस्तरीय र स्वादिलो पानी उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको छ।
हाल उत्पादन काठमाडौं उपत्यकाभित्र बिक्री भइरहेको भए पनि कम्पनीले उत्पादन बढाएर अन्य ठूला सहर र मध्यपूर्वका मुलुकमा निर्यात गर्ने तयारी गरिरहेको छ।
ब्रान्ड म्यानेजर अनिलकुमार राउतका अनुसार, पूर्ण वाटरले घरपरिवारका लागि सुरक्षा र शुद्धताको प्रतीकका रूपमा सेवा प्रदान गर्नेछ र होटल तथा रेस्टुरेन्टमा ग्राहक अनुभव स्तरीय बनाउन योगदान पुर्याउनेछ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया