कावासाकीले ‘हाइड्रोजन’बाट चल्ने बाइक बनायो, यस्ता छन् फिचर्स

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १ गते
कावासाकीले ‘हाइड्रोजन’बाट चल्ने बाइक बनायो, यस्ता छन् फिचर्स

हालै दुई पाङ्ग्रे सवारीसाधनमा नयाँ प्रविधि भित्र्याउने होड चलिरहेको छ। यही क्रममा, विश्वप्रसिद्ध बाइक निर्माता कावासाकीले हाइड्रोजन इन्जिनयुक्त मोटरसाइकल सार्वजनिक गरी ठूलो चर्चा कमाइरहेको छ।

यसअघि, बजाजले सिएनजीबाट चल्ने मोटरसाइकल सार्वजनिक गर्दै भारतमा नयाँ तरङ्ग ल्याएको थियो। कम मूल्यमा उपलब्ध भएकाले यो मोटरसाइकल भारतीय बजारमा लोकप्रिय बन्दै गएको छ।

कावासाकीको हाइड्रोजन मोटरसाइकलको विशेषता

कावासाकीले निर्माण गरेको हाइड्रोजन इन्जिन अत्यन्त शक्तिशाली छ। यसमा ९९८ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले सामान्य कारको तुलनामा तीन गुणा बढी शक्ति प्रदान गर्दछ। यसको अधिकतम पावर २१० पीएस रहनेछ।

रोचक पक्ष के छ भने, पेट्रोलबाट चल्ने मोटरसाइकलले धुवाँ उत्सर्जन गर्छ भने हाइड्रोजन इन्जिनबाट चल्ने मोटरसाइकलको एग्जस्ट पाइपबाट पानी मात्र निस्कन्छ। साथै, विद्युतीय सवारीसाधनजस्तै यसको पावर पनि तत्कालै अनुभव गर्न सकिन्छ।

सुपरचार्जिङ प्रविधि र नयाँ डिजाइन

कावासाकीले यस मोटरसाइकलमा सुपरचार्जिङ इन्जिन प्रयोग गरेको छ। हाइड्रोजनबाट चल्ने भएकाले इन्जिन डिजाइनमा व्यापक परिमार्जन गरिएको छ, जसले पेट्रोल इन्जिनभन्दा भिन्न विशेषता प्रदान गर्छ। यसको डिजाइन कावासाकीको लोकप्रिय मोडल एच २ एसएक्स बाट प्रेरित छ।

हाल कम्पनीले यसको प्रोटोटाइप सार्वजनिक गरेको छ। व्यवसायिक उत्पादन भने सन् २०३० भित्र सुरू गर्ने योजना कावासाकीले सार्वजनिक गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स