आज काठमाडौं महानगरपालिकाले दियो शोक बिदा



Advertisement
Ads

पञ्चायतकालका पूर्वउपप्रमुख तथा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ।

महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेक महानगर र मातहतका सबै कार्यालयहरू बन्द रहने जनाएको छ।


Advertisement

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरहेका थिए।

डंगोलको शनिबार नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उनी विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा सक्रिय नेतृत्वकर्ता थिए। साथै, डंगोल विसं २०५६ र २०६५ का प्रतिनिधिसभा चुनावमा सदस्य निर्वाचित भएका थिए।

493404583 1003371881970364 8042120254162327821 n https://bajarkochirfar.com/kathmandu-metropolitan-city-declares-mourning-holiday-today | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर