आईपीओ निष्काशनको तयारीमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिङको जिम्मेवारी एलिट क्यापिटल लिमिटेडले लिएको छ। मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच सम्झौता भएको हो। सम्झौताअनुसार एलिट क्यापिटलले कम्पनीको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गर्नेछ। सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन्।
कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ, र यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। ६३ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १७ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।
सन् २०१८ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्सले भेटेरिनरी औषधिहरूको अनुसन्धान, उत्पादन र वितरण गर्दै आएको छ। हालसम्म कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधि उत्पादनका लागि स्वीकृति प्राप्त गरिसकेको छ, जसमा १३ वटा औषधिहरू नेपाली बजारमा बिक्री भइरहेका छन्। बाँकी औषधिहरू बिक्रीका लागि प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन्। साथै, कम्पनीले २१ प्रकारका आहारपूरक सप्लिमेन्टहरूको पनि उत्पादन तथा वितरण गरिरहेको छ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया