सीडीएससीको कामु प्रमुखमा कञ्चन सापकोटा नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १४ गते
सीडीएससीको कामु प्रमुखमा कञ्चन सापकोटा नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा ‘कायम मुकायम’ (कामु) प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई दिएको छ।

आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

पन्दाकलाई जिम्मेवारीबाट मुक्त गरिएसँगै सोही बैठकले सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई सुम्पिएको हो। सापकोटा हाल सीडीएससीमा प्रशासन तथा मानव संसाधन (HR) विभाग प्रमुखको रूपमा कार्यरत थिइन्।

हालका लागि कञ्चन सापकोटाले संस्थाको प्रशासनिक तथा कार्यकारी नेतृत्व सम्हाल्नेछिन् भने नयाँ सीईओ नियुक्ति प्रक्रिया चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स