कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ। सो मध्ये ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई आईपीओमार्फत निष्काशन गरिनेछ भने बाँकी ७० प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी भइसकेको कम्पनीले जनाएको छ।
धितोपत्र बोर्डको लगानी कम्पनी सम्बन्धी निर्देशनअनुसार कालिन्चोक इन्भेष्टमेन्टले हाल पर्यटनअन्तर्गतका विभिन्न केवलकार कम्पनीहरूमा, ऊर्जा क्षेत्रमा तथा कृषि उत्पादन क्षेत्रमा लगानी गरिरहेको छ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।













![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया