जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते, के-के छन् प्रस्ताव?
जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते बस्ने भएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो ।कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सोही सभा पुनः बस्न लागेको हो । साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ ।जस अनुसार, माघ २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।