६५ प्रतिशत हकप्रद जारी गर्न जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

६५ प्रतिशत हकप्रद जारी गर्न जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशनको तयारीमा बुक क्लोज मिति तोकेको छ। कम्पनीको सञ्चालक समितिको जेठ २८ गते बसेको बैठकले हकप्रद प्रयोजनका लागि असार ८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार, असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाम रहेको सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। असार ६ गते शुक्रबार र ७ गते शनिबार परेकाले नेप्से सो दिनहरूमा बन्द हुनेछ।

कम्पनीले १ बराबर ०.६५ को अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ। तर, हकप्रद सेयर खुला हुने मिति भने कम्पनीले हालसम्म सार्वजनिक गरिसकेको छैन।

Screenshot 2025 06 13 073447 https://bajarkochirfar.com/joshi-hydropower-has-set-a-book-close-date-to-issue-65-percent-rights-shares-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स