SHAREHUBSHAREHUB

भारतमा मास्टरले अंग्रेजी नाम गलत तरिकाले पढाएपछि जागिरनै चैट

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २ गते
AdvertisementAds
भारतमा मास्टरले अंग्रेजी नाम गलत तरिकाले पढाएपछि जागिरनै चैट
AdvertisementAds

भारतको छत्तीसगढ राज्यको बलरामपुर जिल्लामा एक सरकारी प्राथमिक विद्यालयका शिक्षकले हप्ताका दिन र शरीरका अंगहरूको अंग्रेजी नाम यति गलत तरिकाले लेखे कि जागिर नै गुमाउनु परेको छ। उनका गलत लेखाइको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

शिक्षकले आइतबार र बुधवारलाई अंग्रेजीमा यस्तो लेखेका थिए:
Sunday = Sanday
Wednesday = Wensday
Nose = Noge
Ear = Eare
Eyes = Iey

विद्यालयमा ४२ जना विद्यार्थी पढ्छन्, तर शिक्षक दुई जना मात्र छन्। गाउँलेका अनुसार एक शिक्षक कक्षामा रक्सी खाएर सुत्ने गर्छन् भने अर्का शिक्षकले यस्तो ‘सिर्जनशील’ अंग्रेजी पढाउँछन्। निर्दोष विद्यार्थीहरूले ती गलत शब्द कण्ठ गरिरहेका थिए।

भिडियो भाइरल भएपछि अभिभावक र गाउँलेले गुनासो गरेपछि जिल्ला शिक्षा अधिकारीको ध्यान पुगेको छ। त्यसपछि शिक्षकलाई तत्काल निलम्बन गरिएको छ। कतिपयले यो घटनालाई मजाकको रूपमा हेरे पनि यसले सरकारी विद्यालयको दयनीय अवस्था र बालबालिकाको भविष्यमा भइरहेको असर उजागर गरेको बताएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स