insta insta

एमाले फर्किएको डेढ वर्षमै जितेन्द्र देवको ‘यू–टर्न’: पार्टी छोड्दै भने, ‘ओली सुध्रिएनन्, विदेशी षड्यन्त्रको बहाना मात्र बनाए’

एमाले फर्किएको डेढ वर्षमै जितेन्द्र देवको ‘यू–टर्न’: पार्टी छोड्दै भने, ‘ओली सुध्रिएनन्, विदेशी षड्यन्त्रको बहाना मात्र बनाए’
Advertisement Ads

सप्तरीका संविधानसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा (एमाले) परित्याग गरेका छन्। देवले सोमबार (माघ १९) विज्ञप्ति जारी गरी पार्टी परित्यागको जानकारी दिएका हुन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘अध्यक्ष केपी शर्मा ओली र पार्टीले जेनजी आन्दोलनपछि आफू र पार्टीलाई सच्याउने दिशामा लाग्नुको सट्टा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने, स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने सोचका कारण उनी असहमत भएर एमाले छाडेको हो।’

देव लामो समय एमालेको राजनीतिमा सक्रिय थिए। त्यसपछि उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य बनेका थिए र पर्यटन तथा संस्कृति मन्त्री समेत बनेका थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी कांग्रेससँगै गएका थिए र कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत बनेका थिए।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुन २०८० मा सकिएपछि, उनी १७ असार ०८१ मा एमालेमा फर्किएका थिए।

विज्ञप्तिमा देवले स्पष्ट पारेका छन्, “आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देखाउने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार, नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दछु।”

622337424 1986454152083734 7205396279869447713 n https://bajarkochirfar.com/jitendra-devs-u-turn-within-a-year-and-a-half-of-returning-to-uml-leaving-the-party-he-said-oli-has-not-improved-he-only-made-excuses-for-foreign-conspiracies | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स