ओमोडा एन्ड जेइकोको नयाँ इलेक्ट्रिक गाडी ‘जेइको जे६टी’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। कम्पनीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरेको हो, जहाँ शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडालगायतको उपस्थिति रहेको थियो।
रियर–ह्विल ड्राइभ भेरियन्टको मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। लिथियम आइरन फस्फेट (CATL) ब्याट्रीयुक्त यस ईभीले फुल चार्जमा ४३१ किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ भने रियर–माउन्टेड मोटरले २२० एनएम टर्क उत्पादन गर्छ।
२२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडीको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम, उचाइ १७४१ एमएम र ह्वीलबेस २७१५ एमएम रहेको छ। साथै, गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर र ८ स्पिकरलगायतका फिचर समावेश गरिएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया