SHAREHUBSHAREHUB

जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
AdvertisementAds
जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने
AdvertisementAds

जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ।

चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहीबार, बिहान ११ बजे, काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको दर्ता कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो।

सो सभाबाट कम्पनीको नाम परिवर्तन, बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने, सेयर संख्या परिमार्जन गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगसम्बन्धी निर्णय गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स