नेपालमा पर्याप्त बिजुली नरहेको स्पष्ट छ: इप्पान अध्यक्ष कार्की

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
नेपालमा पर्याप्त बिजुली नरहेको स्पष्ट छ: इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा पर्याप्त विद्युत् उपलब्ध नरहेको स्पष्ट पारेका छन्।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीचको विवादले नै देशमा पर्याप्त बिजुली नरहेको पुष्टि गरेको बताए। “हामी अहिले पनि लोडसेडिङ हुन्छ कि हुँदैन भनेर बहस गरिरहेका छौँ। भारतले दिनभर मात्र बिजुली दिने विषयमा छलफल गरिरहेका छौँ। यसले नै हामीसँग पर्याप्त बिजुली छैन भन्ने देखाउँछ,” उनले भने।

अध्यक्ष कार्कीले घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । उद्योग सञ्चालनका लागि उत्पादनमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
अध्यक्ष कार्कीले सरकारले २८,५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको बताउँदै यसलाई पूरा गर्न अझ धेरै प्रयास आवश्यक रहेको बताए। “हामी यस दिशामा अघि बढिरहेका छौँ। सरकारलाई २० बुँदे सुझाव पनि दिएका छौँ,” उनले भने।

उनका अनुसार उर्जा क्षेत्रमा लगानीकर्ताको रुचि बढ्दै गएको छ। जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न सके नेपालमै रोजगारी सिर्जना गर्न सकिने विचार ब्यक्त गरे ।कार्कीले जलविद्युत् विकासका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै शक्तिशाली ऊर्जा मन्त्रालय र एकद्वार प्रणाली अनिवार्य हुनुपर्ने बताए।

वन क्षेत्रमा लगानीकर्तालाई सहज पहुँच दिनुपर्ने र अब आउने विद्युत् विधेयकले लगानीकर्ताको मनोबल बढाउने वा घटाउने निर्भर गर्ने विचार ब्यक्त गरे । हालसम्म ६५ लाखभन्दा बढी नेपालीले उर्जा क्षेत्रमा लगानी गरिसकेको जानकारी दिदै, अध्यक्ष कार्कीले उर्जा उत्पादन वृद्धि भएमा डिजेल र पेट्रोलको आयात घटाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स