राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले संसद नबोलाउने र अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति लोकतन्त्रविरोधी भएको उल्लेख गरे।
“समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,” उनले चेतावनी दिएका छन्।
यसैबीच, सरकारले प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरिसकेको छ। तर, ती अध्यादेशको भविष्य अन्योलमै छ। राष्ट्रिय सभामा आवश्यक मत नपुग्ने डरले सत्तापक्ष तनावमा रहेको छ। जसपा (जनता समाजवादी पार्टी) को समर्थन खोजिए पनि उक्त पार्टीले अध्यादेशलाई बिना सर्त स्वीकार नगर्ने अडान लिएको छ। साथै, जसपाले मधेस प्रदेशको मुख्यमन्त्री पद मागे पनि त्यसबारे सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया