SHAREHUB SHAREHUB

सेयर बजार जुवा हो त?, अबको नेप्से माथि कि तल ? [भिडियोसहित]

Advertisement Ads
Advertisement Ads

सेयर बजारलाई लिएर पछिल्ला दिनमा विभिन्न टिप्पणी र नकारात्मक धारणाबारे एक भिडियोमा विस्तृत चर्चा गरिएको छ। भिडियोमा जेसीबी अपरेटरको उदाहरण दिँदै, अनुभव र ज्ञान नभएका व्यक्तिहरूले पनि आफूलाई विशेषज्ञजस्तै प्रस्तुत गर्ने प्रवृत्तिप्रति व्यंग्य गरिएको छ।

भिडियोमा सेयर बजारलाई “जुवा घर” भन्ने टिप्पणीप्रति असहमति जनाइएको छ। सेयर बजार विश्वव्यापी रूपमा अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै अमेरिका, भारत, चीन, जापान लगायत सबै विकसित देशहरूमा स्टक मार्केट सञ्चालनमा रहेको बताइएको छ।

नेपालमा पनि सेयर बजारले पुँजी संकलन र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। जलविद्युत आयोजनाहरूको विकासमा सेयर बजारमार्फत संकलित पुँजीको योगदान रहेको र हाल हजारौं मेगावाटका आयोजना सञ्चालन, निर्माणाधीन तथा पिपिए चरणमा रहेको तथ्य प्रस्तुत गरिएको छ।

त्यसैगरी, सेयर बजारमा देखिएका केही विकृतिहरूलाई स्वीकार गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ प्रक्रियामा सुधार गर्दै वित्तीय विवरणको पारदर्शिता सुनिश्चित गर्न मापदण्ड कडा बनाउँदै गएको पनि उल्लेख गरिएको छ।

भिडियोमा नेप्सेको सर्किट ब्रेकर नियम परिवर्तन, अन्तर्राष्ट्रिय बजारसँग तुलना, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ मार्केटजस्ता विषयहरू पनि समेटिएका छन्।

Advertisement Ads

सेयर बजारलाई बुझेर मात्र प्रवेश गर्नुपर्ने र अधुरो जानकारीका आधारमा धारणा नबनाउनुपर्ने सुझाव दिइएको छ। साथै, बजारलाई समयअनुसार विकसित हुँदै गएको वित्तीय प्रणालीको रूपमा हेर्नुपर्ने उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
rajendra gyawali
rajendra gyawali
5 months ago

१० दिनको कति fee हो !

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स