SHAREHUBSHAREHUB

४५%को गिरावटपछि आइपीओको तयारीमा रहेको शिवम् होल्डिङ्सको आम्दानीमा ९% को सुधार

AdvertisementAds
४५%को गिरावटपछि आइपीओको तयारीमा रहेको शिवम् होल्डिङ्सको आम्दानीमा ९% को सुधार
AdvertisementAds

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले हालै गरेको क्रेडिट रेटिङ पुनरावलोकनमा शिवम् होल्डिङ्स लिमिटेडको जारीकर्ता रेटिङ IRN BBB- (Is) कायम राखेको छ, जसले वित्तीय दायित्वहरूमा मध्यम सुरक्षा झल्काउँछ।

शिवम् होल्डिङ्सको प्रमुख लगानी होङ्शी शिवम् सिमेन्ट प्रालिमा रहेको छ। होङ्शी शिवम् सिमेन्टको सन्तोषजनक प्रदर्शनका कारण २०२४ मा कम्पनीको आम्दानी ९% ले वृद्धि भई रु. २३ करोड २० लाख पुगेको छ। २०२३ मा भने ४५% को गिरावटपछि यो आम्दानी रु. २१ करोड ३० लाख मा सीमित भएको थियो।

पछिल्लो वर्षहरूमा कम्पनीको ट्यान्जीबाल नेट वर्थ बढेको देखिएको छ। पछिल्लो ४ वर्षमा कम्पनीको ट्यान्जीबाल नेट वर्थ आर्थिक वर्ष २०२४ देखि क्रमश: ४ अर्ब ९० करोड, ४ अर्ब ५७ करोड, ४ अर्ब ३७ करोड र ३ अर्ब ८० करोड रहेको छ। 

कम्पनीको प्रमुख सेयरधनी शिवम् सिमेन्ट लिमिटेडको ८५.०३ प्रतिशत, विनोद कुमार श्रेष्ठको ३.६३ प्रतिशत र दीपक कुमार झाको ३.२१% स्वामित्व रहेको छ। कम्पनीको ब्याज, कर, मूल्यह्रास र कटौती गर्नु अघि कमाइ (EBITDA) मार्जिन ९६.२८ प्रतिशत रहेको छ।

कम्पनीले जारी पुँजी रु. ५ अर्ब ८० करोड को २०% बराबर हुने १ करोड १६ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स