नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आइपीओ निष्कासनका लागि निवेदन दिने कम्पनीहरूको संख्या बढ्दै गएको छ। हालसम्म ८१ कम्पनीले ५१ अर्ब ८ करोड ८७ लाख ६३७ हजार ६३२ रुपैयाँ बराबरको ३५ करोड ४८ लाख ६४५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।यीमध्ये सबैभन्दा धेरै ४२ हाइड्रोपावर कम्पनी छन्, जसको फाइल सेबोनमा विचाराधीन छ। उत्पादन तथा प्रशोधन क्षेत्रका १५, अन्य क्षेत्रका ११, होटल तथा पर्यटन क्षेत्रका ७, तीन इन्भेष्टमेन्ट कम्पनी, तीन माइक्रो इन्स्योरेन्स, र एउटा माइक्रोफाइनान्स कम्पनीले पनि आइपीओ अनुमतिको प्रतीक्षा गरिरहेका छन्।
हालै सार्वजनिक लेखा समितिको निर्देशन अनुसार ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई सेबोनले स्वीकृति दिन सकेको छैन। साथै, महालेखा परीक्षकको कार्यालयले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियामा केही प्रश्न उठाएपछि थप प्रक्रिया अघि बढाउन समय लागेको देखिन्छ।
यसैबीच, नेपाल धितोपत्र बोर्डले २०८१/८२ को आर्थिक वर्षमा पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। यी कम्पनीहरू मध्ये केही कम्पनीले आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेका छन् भने केही कम्पनीहरुको आईपीओ निष्कासन भईरहेका छन्। अनुमती प्राप्त गर्ने कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र पियोर इनर्जी लिमिटेड रहेका छन्। यस्तै, पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा स्थानीय सर्वसाधारणका लागि आफ्नो आइपीओ जारी गरिरहेको छ र दोस्रो चरणमा सर्वसाधारणलाई खुला गर्नेछ।



















प्रतिकृया