ट्रेड टावर लिमिटेडले गत वैशाख ८ देखि २२ गतेसम्म पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी प्रतिकित्ता १ सय रुपैयाँ दरमा कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्ने योजना ल्याएको हो।
तीमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीका लागि नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि छुट्याइएको थियो।
आईपीओमा बिक्री अवधिभर प्रक्रिया पूरा गरी आवेदन दिएका ३९ हजार ७२६ जना आवेदकलाई वैशाख २८ गते नै सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
यस आईपीओको धितो निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको छ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया