Advertisement Ads

टिएमएसमा मूल्य गडबडी देखिँदा लगानीकर्ता झुक्किए, भएको के हो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
टिएमएसमा मूल्य गडबडी देखिँदा लगानीकर्ता झुक्किए, भएको के हो?

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली टिएमएसमा केही कम्पनीहरूको सेयर मूल्य फरक–फरक देखिएपछि लगानीकर्ताबीच अन्योल देखिएको छ। एसवाई प्यानल, श्रीनगर एग्रोटेक र बन्दीपुर केबलकारलगायत कम्पनीहरूको खरिद–बिक्री अर्डरमा असामान्य मूल्य देखिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो।

टिएमएसमा एसवाई प्यानलको १,८४५ रुपैयाँमा १४ हजार कित्ता बिक्री अर्डर देखिँदा खरिदतर्फ भने १,९४० रुपैयाँसम्मको अर्डर देखिएको थियो। १,८४५ रुपैयाँको सेल अर्डर पूरा नभई कसरी १,९४० रुपैयाँसम्मको बाइ अर्डर देखियो भन्ने जिज्ञासा उठेको हो।

634734887 1742806676699546 879020181993379680 n https://bajarkochirfar.com/investors-were-confused-when-price-fluctuations-were-observed-in-tms-what-happened | %tags

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार प्रि–ओपन सेसनमा म्याच भइसकेको मूल्य टिएमएस प्रणालीमा देखिएको हो। अर्डर म्याच भएपछि हट्नुपर्ने विवरण किन देखियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

उनले नेप्सेको वाईकोले विकास गरेको टिएमएस प्रणालीमा प्रत्यक्ष त्रुटि नभई ब्रोकर कम्पनीहरूले प्रयोग गर्ने दुई टिएमएस प्रणालीमध्ये कुनबाट समस्या देखिएको हो र किन देखियो भन्नेबारे छानबिन भइरहेको बताए।

हाल भने देखिएको समस्या समाधान भइसकेको छ।

636840915 1236302221376919 3628392841920266876 n https://bajarkochirfar.com/investors-were-confused-when-price-fluctuations-were-observed-in-tms-what-happened | %tags

640056012 34885171047736574 6160646455948619011 n https://bajarkochirfar.com/investors-were-confused-when-price-fluctuations-were-observed-in-tms-what-happened | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स