सेयरबजार सुधारका लागि लगानीकर्ताको ६ बुँदे माग, गभर्नर पौडेललाई भेटेर बुझाए ज्ञापनपत्र

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ५ गते
सेयरबजार सुधारका लागि लगानीकर्ताको ६ बुँदे माग, गभर्नर पौडेललाई भेटेर बुझाए ज्ञापनपत्र

सेयर लगानीकर्ताहरुले सेयरबजारमा लगातार गिरावट आएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताले बजारमा आएको अस्वाभाविक गिरावटप्रति ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न गभर्नरलाई आग्रह गरेका हुन्। आन्दोलनका कारण बन्द रहेको बजार तयारीबिनै खोल्दा गत बिहीबार नेप्से परिसूचक तीनपटक नकारात्मक सर्किट लाग्दै ६ प्रतिशतले घटेको थियो।

ज्ञापनपत्र बुझाउनेमा वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की रहेका छन्। ज्ञापनपत्रमा भनिएको छ, बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख भूमिका रहेको नेपालको पुँजीबजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेपाल राष्ट्र बैंकको सक्रियता अपरिहार्य छ। यसले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्नेछ।

लगानीकर्ताको माग

१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने व्यवस्था गर्न।
२. व्यक्तिगत सेयर धितो कर्जाको सीमा पूर्ण रूपमा हटाउन।
३. लघुवित्त संस्थाले २५% भन्दा बढी नाफा वितरण गर्न नपाउने नियम खारेज गर्न।
४. बैंक तथा वित्तीय संस्थाले पुँजीबजारमा लगानी गर्ने सीमा, बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार लागू गर्न।
५. बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई दिने कर्जा समयानुकूल परिमार्जन गर्न।
६. गैरआवासीय नेपाली (NRN) लाई पुँजीबजारमा आकर्षित गर्ने नीतिगत व्यवस्था गर्न।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स