instainsta

प्रधानमन्त्रीसमक्ष लगानीकर्ता प्रतिनिधिको प्रस्ताव – पूँजीगत लाभकरमा ‘घाटा समायोजन’ को व्यवस्था लागु होस्

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ४ गते
प्रधानमन्त्रीसमक्ष लगानीकर्ता प्रतिनिधिको प्रस्ताव – पूँजीगत लाभकरमा ‘घाटा समायोजन’ को व्यवस्था लागु होस्
AdvertisementAds

सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) मा घाटा समायोजन (Loss Adjustment) को व्यवस्था गर्न लगानीकर्ताले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’समक्ष माग गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा लगानीकर्ता प्रतिनिधिहरूले हाल लागू गरिएको कर व्यवस्थामा लगानीकर्ताले घाटा व्यहोरेको रकम समायोजन गर्ने व्यवस्था नभएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एफएनसीसीआई पूँजी बजार फोरमका प्रियराज रेग्मीले सो कुरा राखेको बताए। “प्रधानमन्त्रीले यो अन्तिम व्यवस्था होइन ? भन्नुभयो। हामीले घाटा समायोजन (Loss Adjustment) को व्यवस्था पनि हुनुपर्छ भनेर माग गरेका छौं,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स