Advertisement
Ads

लगानी बोर्ड बैठक : बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको ६०औँ बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लागि ठूलो लगानी स्वीकृत गरेको छ।

बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब रुपैयाँ, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त परियोजनाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ, र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको हो।

त्यस्तै, ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरिएको छ। पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट ८०० मेगावाट पुर्‍याउने र चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधन गर्ने निर्णय पनि गरिएको छ। साथै, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधन गर्ने निर्णय गरिएको छ।


Advertisement

प्रधानमन्त्री ओलीले सबै निकायलाई समन्वयात्मक रूपमा काम गरी लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास तथा समृद्धिको यात्रामा तत्परताका साथ अघि बढ्न निर्देशन दिएका छन्।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघि असोज २२ मा गरिएको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर