instainsta

लगानी बोर्डद्वारा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत परियोजनाको लागत स्वीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ३ गते
लगानी बोर्डद्वारा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत परियोजनाको लागत स्वीकृत
AdvertisementAds

लगानी बोर्ड नेपालको बुधबार बसेको ६७औँ बैठकले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। बैठक प्रधानमन्त्री एवम् लगानी बोर्डकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो।

बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को कार्यालय प्रगति समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको छ। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि गरिएको छ। अरुण–३ (९०० मेगावाट) को सिधा सम्झौताको मस्यौदा मन्त्रिपरिषद् समक्ष पेस गर्ने तथा पश्चिम सेती (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय पनि भएको छ।

बैठकले ब्लेजपिक ग्लोबल ग्रुपद्वारा प्रस्तावित अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजनाका लागि सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने, कार्यालयका अस्थायी दरबन्दी स्वीकृत गर्ने र नियमावली संशोधन मन्त्रिपरिषद् समक्ष पेस गर्ने निर्णय समेत गरेको छ। बैठकमा अर्थ, ऊर्जा, उद्योग, राष्ट्र बैंक लगायत उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स